प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा, निमित्त आइजिपी वने सहकुल



काठमाडौं ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेका हुन् । हरेक वर्ष अमेरिकामा हुने प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन उनी अमेरिका लागेका हुन् ।
सम्मेलनमा द्वीपक्षीय तथा बहुपक्षिय भेट समेत हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको भ्रमणमा सिनियर एआइजी सहकुलबहादुर थापा निमित्त आइजिपी भएका छन् । आइजिपी सिंह करिब दुई सातापछि फर्कने बताइएको छ ।
उनीसँगै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि भ्रमणमा निस्किएका छन् ।