नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगे



दैलेख
दैलेखको दुल्लु नगरपालिका –७ स्थित विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले वताएका छन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।
उनले केहीबेरमा मन्त्रालयले औपचारिक रुपमा जानकारी गराउने / हाल दैलेख प्रशासनले शव व्यवस्थापनको काम गरिरहेको उनले बताए । मृतक पुरुष जेठ ९ गते भारतको राजस्थानबाट आएर क्वारेन्टिनमा बसेका थिए।दुल्लु नगरपालिका-११ घर भएका ३५ वर्षीय ती पुरुषको स्वाव संकलन भने दुई दिनअघि नै गरेपनि शनिबार साँझमात्रै रिपोर्ट आएको हो।
दुल्लु नगरपालिकाका प्रवक्ता शम्सेरबहादुर शाहीले आफूहरु शव व्यवस्थापनका लागि आउने टोलीको पर्खाईमा रहेको बताए। 'शव अहिलेसम्म क्वारेन्टिनमै छ। आर्मीको टोली सुर्खेतबाट आउने भनेको छ। हामी त्यसैको पर्खाईमा छौं,' शाहीले भने।