चट्याङ लागेर तीन जनाको मृत्यु



रौतहट ।
रौतहटको गरुडा नगरपालिकामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
मलाहिटोल छेउमा मंगलबार बिहान परेको चट्याङले खेतमा काम गरिरहेका ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहका अनुसार मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् ।
चट्याङले ४० वर्षिया सैलिदेवी सामान्य घाइते भएको डिएसपी सिहंले बताए ।