आज सार्वजनिक हुंदै कक्षा १२ को नतिजा



काठमाडौं ।
कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।
साँझसम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसका लागि दिउँसो ३ बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।
कक्षा १२ को परीक्षा गत २६ जेठमा सम्पन्न भएको थियो ।