म्यादी प्रहरी भर्ना दसैंपछि खुल्ने



काठमाडौं ।
मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीको दसैंपछि भर्ना खुल्ने भएको छ ।
दसैंको विदा सकिएपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया थाल्ने तयारी प्रहरीले गरेको छ । यसपालि पनि प्रहरीले ४० दिनका लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । सरकारले आइतबारै १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ ।
म्यादी प्रहरीका लागि ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । म्यादीले ४० दिनको तलबवापत ४० हजार रुपैयाँ पाउने छन् । त्यसमा थप ६ हजार ५ सय रुपैयाँ कपडाको पैसा पाउँने छन् ।
त्यसैगरी ३ दिनको ९ सय गरी ४७ हजार ४ सय रुपैयाँका दरले बजेट आएको छ । निर्वाचनको अघिल्लो दिन, निर्वाचनको दिन र भोलिपल्ट प्रतिदिन ३ सयका दरले खाजा खर्च पाउने भएका छन् ।
हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ दिइने छ ।