नासाले नयाँ चन्द्र रकेट प्रक्षेपण गर्ने



एजेन्सी ।
नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्ने भएको छ ।
केही दिनअघिको तालिका रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेपण गर्न लागिएको हो । सोमबार बिहान प्रक्षेपणका लागि योजना गरिए पनि रकेटका ४ आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि स्थागित गरिएको थियो ।
स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।
यसले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ ।