बुटवल-पाल्पा सडक बिहीबारदेखि अवरुद्ध ठप्प



बुटवल ।
बुटवल-पाल्पा सडक बिहीबारदेखि अवरुद्ध ठप्प छ । हिउँदे खोलाछेउमा पहिरोले सडक पुरेपछि अवरुद्ध बनेको हो ।
करिब २० क्षेत्रमा पहिरोले पुरेर सडक भास्सिएको छ । पानी पर्न नरोकिएपछि सडक खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
२ दिनदेखि खुलाउने प्रयास जारी रहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख महेश्वर लम्सालले बताए ।