एसिया कपको सुपर चारमा श्रीलंका



काठमाडौं ।
श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंकाले सुपर चारमा स्थान बनाएको हो । बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।