आसिफ शेखको शतकमा नेपालको सानदार जित



काठमाडौं ।
ओपनर आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ ।
शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ९७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित कुमार पौड्यलले ३ रन जोडे ।