महाभियोग सिफारिस समितिको बैठक बस्दै



काठमाडौं ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।
यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । महाभियोग समितिमा बुधबारबारदेखि निलम्बित प्रधानन्यायाधीश जवराको बयान लिन सुरू गरेको छ । बिहबार बसेको बैठक समितिका सदस्यको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते बिहान ११ बजे पुन: बयानका लागि जवरालाई बोलाइएको समितिका सभापति रामबहादुर बिष्टले जानकारी दिए ।
बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरु लामो भएकाले समय लागेको बताइएको छ । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि भदौ १ गते पहिलो बैठक बसेको थियो ।
राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।