जन्मकैद पाएका रामशंकर एमालेबाट उम्मेदवार



जनकपुरधाम ।
सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादवलाई एमालेले सिरहा- १ बाट उम्मेदवार सिफारिस गरेको छ ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएको सो क्षेत्रबाट एमालेले प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय यादवलाई उम्मेदवार सिफारिस गरेको छ । गिरिको केहि दिनअघि मात्रै निधन भएको छ ।
सिरहा जिल्ला अदालतले प्रहरी जवानको हत्या गरेको भन्दै उनीमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर उनलाई २०७६ सालमा मन्त्री परिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएका थिए । उनी संविधान दिवसको अवसरमा आम माफी पाएर रिहा भएका थिए ।