पहिलो टि-२० मा भारतको सहज जित



कार्तिक १६, २०७४-भारत र न्युजिल्यान्डबीच जारी तीन टि-२० सिरिजको पहिलो खेलमा भारत ५३ रनले विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डको निर्णय सफल हुन सकेन ।
उसका लागि ओपनरद्वय रोहित शर्मा र शिखर धवनले समान ८०/८० रन बनाए । उनीहरुले पहिलो विकेटका लागि १ सय ५८ रन जोडेका थिए । भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २ को योगफल खडा गर्यो । न्युजिल्यान्डका स्पिनर इस सोधीले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४९ रनमात्र बनाउन सक्यो । उसका लागि विकेटकिपर ब्याट्सम्यान टम लेथमले सर्वाधिक ३९ रन बनाए । मिसेल सान्टनरले तल्लो क्रममा ब्याटिङ गर्दै १४ बलमा २७ रन जोडेपनि नतिजा भने भारतकै पक्षमा रह्यो । भारतका स्पिनर युज्भेन्द्र चहल र अक्षर पटेलले २/२ विकेट लिए ।