चेपाङ संघको अध्यक्षमा मकवानपुरका गोविन्दराम



चितवन ।
नेपाल चेपाङ संघको अध्यक्षमा मकवानपुरका गोविन्दराम चेपाङ निर्वाचित भएका छन् ।
बिहीबार भरतपुरमा सम्पन्न पाचौं महाधिवेशनबाट प्रत्यासी चितवनकी सुनमाया चेपाङलाई पराजित गर्दै ३ वर्षका लागि निर्वाचित भए । गोविन्दरामले १२६ र सुनिमायाले ९२ मत पाए ।
संघको वरिष्ठ उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ निर्वाचित भए । यस्तै २ सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ चयन भएका छन् ।
महाधिवेशनले ३० सदस्यीय कार्यसमिति चयन गरेको हो । चितवन, मकवानपुर, धादिङ र गोरखामा चेपाङको मुख्य बसोबास छ ।
तर, चेपाङहरू २६ जिल्लामा फैलिएको गोविन्दरामले बताए ।