चितवनमा दाना उद्योगमा आगलागी, डेढ करोडको क्षती



चितवन ।
राप्ती नगरपालिका–३ झुरङुरेको एक दाना उद्योगमा आगलागी हुँदा डेढ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।
किरण ओलीको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना रहेको गोदाममा विद्युत सर्ट भएर आगो लागेको हो । आगलागीबाट दाना उद्योगको मेसिन, बिजुलीका सामानहरू, गोदाममा राखेको दाना नष्ट भएको चितवन प्रहरीले जनाएको छ ।
बिहीबार राति १ः४० बजे लागेको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ३ः२० मा नियन्त्रणमा आएको थियो ।