नेपालगंज ।
बाँकेको खजुरामा अवस्थित 'सुशील कोइराला प्रखर क्यान्सर अस्पताल' परिसरमा सरसफाई गरिएको छ।

अध्यक्ष मल्लले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको पदभार गरेको दोश्रो दिन अस्पताल परिसरमा सरसफाइ गरेर आफ्नो कामको शुरूवात गरेका छन् ।

सरसफाई कार्यक्रममा अध्यक्ष मल्लले अस्पताल परिसरलाई सधै स्वच्छ र सफा राख्नुपर्ने बताउदै सम्पुर्ण कर्मचारीहरुले आ-आफ्नो काम र पाएको जिम्मेवारी पुर्ण रूपमा निर्बाह गर्न समेत निर्देशन दिएका छन् ।

सरसफाई कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकाश समिती अध्यक्ष टेकेन्द्र मल्ल,मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्य, चिकित्सक ,कर्मचारी र खजुराका स्थानीय युवा लगायतको उपस्थितिमा शुक्रबार अस्पताल परिसर क्षेत्र सरसफाइ गरिएको हो ।