बाढीले घर बगाउँदा दार्चुलामा २ जनाको मृत्यु, ४ जना बेपत्ता



काठमाडौं ।
अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दार्चुलामा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। बाढीले सदरमुकाम खलंगाको बंगाबगडमा दर्जन बढि घर बगाउदा २ जनाको मृत्यु भएको र एकै परिवारका ४ जना सम्पर्कविहीन भएको हो ।
बाढीले बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। पहिरोमा पुरिएर नौगाडमा२ जनाको ज्यान प्रहरी निरीक्षक मगरले बताए ।
बाढीको त्रासका कारण मानिसहरू सबै रातिदेखि नै घरबाहिर निस्किएका छन्। प्रहरी निरीक्षक मगरका अनुसार राति २ बजेदेखि नै उद्धार भइरहेको छ।
घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। क्षतिको यकिन विवरण पनि संकलन भइरहेको प्रहरी निरीक्षक मगरले जानकारी दिए।