महाकाली र लास्नु नदीको कटान नेपालतर्फ



दार्चुला ।
वर्षा नरोकिएपछि महाकाली र लास्नु नदीको वहाव नेपालतर्फ आएको छ ।
बाढीले बंगाबगड क्षेत्रमा फेरी कटान सुरु गरेको छ । कटानका कारण दर्जनौं घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । दार्चुला सदरमुकाम खलंगा बजार पनि जोखिममा छ ।
महाकालीको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको महाकाली-४ का स्थानीय मानबहादुर बमले बताए । दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङगा आउने-जाने बाटो बन्द भएको छ ।
बाढी/पहिरोमा परि ५ जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
उनीहरुको खोजी भइरहेको प्रजिअ उपाध्यायले बताए ।