एएफसी यु-२० : भुटानसँग नेपाल पराजित



काठमाडौं ।
एएफसी यु-२० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको छ । बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्यो ।
शनिबार राति भएको खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुआतमै दोस्रो गोलकाे सामना गर्नुपरेकाे थियाे। ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निरन्तर खेलमा फर्किने प्रयास गरे पनि नेपाल सफल हुन सकेन ।
विपक्षी खेलाडीमाथि खराब फाउल गरेका कारण इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । जितसँगै भुटानले तीन अंक जोडेको छ । हारसँगै छनोटको सुरुआत गरेको नेपाललमाई भने चुनौती थपिएको छ ।