सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा



काठमाडौं ।
सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानबाट निलम्बित विभागले कालोसूचीमा राखेको हो ।
लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको प्रहरीले जनाएको छ । हाल देश बाहिर लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।