प्रचण्ड र देउवाले राजीनामा दिन आग्रह गरे- जबरा



काठमाडौं ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै शेरबहादुर देउवा, प्रचण्ड र महालक्ष्मी उपाध्याय डिनाको नाम लिएका छन् ।
जबराले राजीनामा दिए महाअभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको भन्दै देउवा, प्रचण्ड र डीनाको नाम लिएका छन् । जबराले भनेका छन्, ‘यो फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की) लाई दिए हुन्छ भनेर पोलिटिकल पार्टीका शीर्ष नेताले भनेको । मैले त खोलिदिएको छु सार्वजनिक रुपमा ।’
उनले भने, ‘डिनाजीलाई सोधे हुन्छ । उहाँ मकहाँ आउनुभएको हो, यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईसँग कुरा गर्न आएको हुँ । यसलाई हामी फिर्ता लिइदिन्छौं, तपाईंले मिलाएर राजीनामा दिए हुन्छ ।’
डिना आफ्नै क्वार्टरमा आएको भन्दै जबराले भने, ‘प्रचण्डजीको पनि सहमति, प्रधानमन्त्रीजीसँग पनि बसेर कुरा गरेर आएको हुँ भन्नुहुन्थ्यो ।’