सरकारद्वारा केही सचिव हेरफेर



काठमाडौं ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको सरुवालाई तीव्र पारेको छ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहलगायत केही सचिवहरूको सरुवा गरेको छ । प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ ।