विष सेवनबाट पाल्पामा एकको मृत्यु



पाल्पा ।
रिब्दीकोट गाउँपालिका-५ देविडांडाका मेखबहादुर खड्काको विष सेवनबाट मृत्यु भएको छ ।
उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्काकाे पाल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।