प्रहरी एकेडेमीमा एआइजी थापाको सरुवा



काठमाडौं ।
नेपाल प्रहरीका एआइजी सहकुल बहादुर थापाको प्रहरी एकेडेमीमा सरुवा भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनले सरुवा गरेको हो ।
एआइजी थापा कार्य विभागमा कार्यरत थिए । एकेडेमीका एआइजी मुकुन्दराज आचार्यको अवकाशपछि थापाको सरुवा भएको हो ।
थापा केन्द्रीय सुरक्षा सेलको प्रमुख थिए । उनको सरुवापछि अब डिआइजी बसन्त कुँवरले कार्य विभागको नेतृत्व सम्हाल्ने भएका छन् ।