पहिरोले घर पुरिँदा काभ्रेमा एकै परिवारका ३ जनाको मृत्यु



काठमाडौं ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय लालजुङ तामाङकोघर पुरिँदा ६५ वर्षीया तामाङसहित उनका छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो।
निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो ।
राति सुतिरेहका बेला पहिरो खसेपछि घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।