नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी



काठमाडौं ।
नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ । शुक्रवार गोरखापत्रमा प्रकाशित सूचना अनुसार असोज ३० सम्म फारम भर्न पाइने छ । सेनाले खुल्ला ११७, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र नेपाली सेनाका परिवारका लागि ११ जना माग गरेको हो
अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनु पर्ने छ ।
पुरुषका लागि ५ फिट ३ इन्च उचाइ र छाती नफुलाउँदा ३२ र फुलाउँदा ३४ इन्च हुनु पर्ने छ । तौल ५० किलोग्राम हुनु पर्ने छ । महिलाको हकमा ५ फिट उचाइ र ४० किलोग्राम तौल हुनु पर्ने छ ।
स्वयम्भू, इटहरी,बर्दिबास, हेटौडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीबाट आवेदन दिन सकिने छ ।