संघीय संसदका दुवै सदनको बैठक आज बस्दै



काठमाडौं ।
संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएका छन् ।
बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७–०७८’ समेत बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै १ बजे बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय सुरक्षा परिषद् र सर्वोच्च अदालत-२०७७ न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।