समानुपातिकतर्फ ४८ राजनीतिक दलद्धारा उम्मेदवारको बन्दसूची दर्ता


  • समानुपातिकतर्फ ४८  राजनीतिक दलद्धारा उम्मेदवारको बन्दसूची दर्ता
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार ४ दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।प्रदेशसभातर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन् । निर्वाचन कार्यतालिकाअनुसार दलहरूले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन् । आयोगले मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *