
लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं १७ जेष्ठ ।
सरकारले कोरोना भाइरस ९कोभिड १९ को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।
साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।
मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।
