नेपाली युवकले दुबइमा जिते ३४ करोडको चिठ्ठा



काठमाडौं ।
दुबइमा कार्यरत एक नेपाली युवाले ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । भरत नामक नेपाली युवाले अहिलेसम्मकै ठूलो चिठ्ठा जितेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
महजुज नामक साप्ताहिक राफल ड्रमा उनले एक करोड दिराम जितेका हुन् । भरत त्यहाँ मासिक करिब ४२ हजार रुपैयाँको कार धुने जागिर खान्थे । बुधबार उनलाई एक करोड दिरामको नमुना चेक हस्तान्तरण गरिएको गल्फन्यूजले जनाएको छ ।