
विकास बोर्डको अध्यक्ष पदमा दश जना विच कडा प्रतिष्पर्धा



काठमाण्डौ १७ जेष्ठ ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागी दश जना विच कडा प्रतिष्पर्धा हुने भएको छ । आवेदन दिइ प्रतिस्प्रधा गर्नेहरुमा निर्देशक तथा विकास बोर्डका सदस्य दयाराम दाहाल, अभिनेता भुवन के, सी।, निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती ९भीमा०, ध्यान बहादुर राई, परशुराम चौधरी, कलाकार सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ रहेका छन् ।
प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि नेपाली चलचित्र विकास, संरक्षण तथा प्रबर्धन क्षेत्रमा कम्तीमा २० वर्ष निरन्तर काम गरेको व्यक्तिले आवेदन दिन सक्ने मापदण्ड तोकिएको छ । बोर्डमा अध्यक्ष पदको लागी राजनीतिक नियुक्ती हुने भएता पनि केहि बर्षयता केहि मापदण्ड तोकेर आवेदन माग गर्न थालिएको हो ।
