
स्वास्थ्य कर्मीलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्छ: अध्यक्ष मल्ल



नेपालगंज ।
दशैं तिहार, चाड पर्व, गाह्रो अफ्ठ्यरो नभनि नागरिकको स्वास्थ्य उपचार सेवामा समर्पित स्वास्थ्य कर्मीको महान कार्यलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्ने शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीका अध्यक्ष टेकेन्द्र मल्लले वताए ।
शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिती खजुराले शुक्रबार विजया दशमी,शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष मल्लले उक्त कुरा वताएका हुन ।
अस्पताल कार्यालय परिसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै क्यान्सर अस्पताल बिकास समितीका अध्यक्ष मल्लले नजिकिदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी ,शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको स्वास्थ्यकर्मी साथै समस्त नेपालीलाई शुभकामना दिदै सेवासहीतको जीवन बिताइरहेका स्वास्थ्य कर्मीको योगदानलाई राज्यले बिशेष संवोधन गर्नु पर्ने बताए ।
शुभकामना आदानप्रदान कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरुको सहभागि थियो ।
