सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु १७ जना घाइते



सल्यान ।
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी जनाएको छ ।
रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको छ ।
खनालले भने,‘जीपमा चालक सहित सवार १९ जना थिए । दुई जनाको मृत्यू भएको र बाँकी घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लाने तयारी भइरहेको छ ।’