क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै



काठमाण्डौं ।
क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले बिहान १० बजे कतार एयरवेजको विमानबाट नेपाल आउने जानकारी दिएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ ।
उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् ।
‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्याउँछु।’
उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् । एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् । आरोप लागेपछि लामिछाने नेपाल फर्किन ढिलाइ हुँदै आएको थियो । उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैनन् । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।