बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु



बारा ।
बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान भएको उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये हेटौंडा अस्पतालमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।