१६१ सिटमा सत्ता गठबन्धनको सहमति



काठमाडौं ।
सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको छ ।
४ स्थानको बाँडफँट टुंगीन बाँकी छ । शुक्रबार अबेरसम्मको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि समेट्दै भागवण्डा गरेकाे हो ।
सहमतिअनुसार कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । लाेसपालाई ८ देखि १० सिट दिने सहमति भएको छ ।
शनिबार बस्ने बैठकले बाँकी भागवण्डा मिलाउने र सूचीलाई अन्तिम रुप दिने बताइएको छ ।