मुढा बेचेर मनग्य आम्दानी



कार्तिक ७, २०७४-३७ बर्षिय युवा वुद्धिमान राईले बाासबाट बुनेको मुडा बेचेर मनग्य आम्दानी लिन थालेका छन् । उनले बार्षिक एक लाख बराबरको मुडा बिक्रि गर्छन् । न्युनस्तरको पारिवारिक पृष्ठभुमीका ५ जनाको परिवारलाई जिविका चलाउन र छोराछोरीलाई पढाइखर्च धान्न सहज बनेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण १२ बर्षसम्म भारतको कोइखातमा कोइला खन्ने मजदुरी गरेका थिए । अढाईबर्ष साउदीमा काम गरेर फर्किए । उनले मुडा बुन्न थालेको ३ बर्ष बितेको छ । माग अत्यधिक हुन्छ । महिनामा १५ देखी २० वटा मुडा बनाउछन् । प्रतिगोटा ४ सयका दरले बेच्छन् । मुडा बनाउन चाहिने बाास, डोरी र टायर आफैले किन्छन् । डोरी इटहरी, विराटनगर, भारतको कोइलाखातबाट खरिद गर्छन । सधैजसो वैदेशिक रोजगारी तथा मजदुरी गर्ने बानी परेका उनले मुडा बुन्ने कामलाई अचानक पेशाका रुपमा अगालेका हुन् । विदेशबाट फर्किएर गाउामा रुख ढाल्ने क्रममा छिनिनेगरी दाहिने खुट्टामा चोट लागेको थियो । अत्यधिक रक्तस्राब भएर मृत्युको दोसाधमा पुगेका उनी उपचारका लागि धरान झरेका थिए । उपचारत हुदा धरान बस्दै आएको साथीले बुनेको हेरेर सिकेका थिए। उपचार सकिएर गाउा फर्केपछि मुडा बुन्ने काम थालेका थिए । यसमा उनकी पत्नि र छोराछोरीको साथ छ । निर्माणसामाग्री जुटाउन सहयोग गर्छन् । आम्दानी राम्रै हुने भएपनि उनलाई लगानी गर्ने रकम र बजारको अभाव छ । खुट्टा उपचार गर्दाको लाखौ ऋण छ । अर्थोपार्जनको सम्भावना भएपनि व्यवसायिक बनाउन सकेका छैनन् ।