उम्मेदवारीविरुद्ध आज दिउँसोसम्म उजुरी दिन सकिने



काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा परेको उम्मेदवारीविरुद्ध आज दिउँसोसम्म उजुरी दिन सकिने जनाएको छ ।
आयोगका अनुसार १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिने समय तोकिएको छ ।
उजुरीउपर छानविन तथा उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।