प्रभु साहले पाए ‘ह्याण्ड पाइप’ चुनाव चिह्न



रौतहट ।
रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले बुधबार साहलाई ह्याण्ड पाइप चुनाव चिह्न दिएको उनका नीजि सचिव रविन्द्र सिंहले जानकारी दिए ।