ट्याक्सीको ठक्करबाट थिमीमा मोटरसाइकल चालकको मृत्यु



भक्तपुर ।
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–६ बहाखा चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिएको छ । ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक नुवाकोट घर भई कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
गएराति सवा १० बजे सानो थिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सीले बा ८५ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बिपरित दिशातर्फबाट आइरहेका मोटरसाइकल चालक पण्डितको उपचारको क्रममा माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका १० घर भएका ट्याक्सी चालक ३९ वर्षका सुन्दर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले जानकारी दिए ।