रियलसँग बार्सिलोना पराजित



काठमाडौं ।
स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ ।
गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियलको जितमा करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे ।
बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल फर्काए । जितसँगै रियल बार्सिलोनासँग ३ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ ।
बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ ।