शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते सार्वजनिक बिदा


  • शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते सार्वजनिक बिदा
  • काठमाडौं । सरकारले १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
    जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *